कञ्चनपुरको शुक्लाफाँटा ८ का वडा अध्यक्ष महराले दिए राजीनामा

पुस २३, २०७९

कञ्चनपुर –कञ्चनपुरका एक वडाअध्यक्षले राजीनामा दिएका छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–८ का वडा अध्यक्ष बहादुरसिंह महराले पदबाट राजीनामा दिएका हुन्।
शुक्लाफाँटा नगरपालिकाको १२ औँ नगर अधिवेशनमा नगर प्रमुख रणबहादुर महरालाई उनले राजीनामा पत्र बुझाएका छन्।बैशाख ३० मा सम्पन्न स्थानीय तह चुनावमा उनी नेकपा माओवादी केन्द्रका तर्फबाट दोस्रो पटक वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए।
नगरप्रमुख रणबहादुर महरालाई बुझाएको पत्रमा निरन्तर रुपमा जनचाहना र जनभावना विपरीतका कार्यहरु भइरहेको र किनाराको साक्षी बस्दा जनमतको अपमान हुने भएकोले राजीनामा दिएको उनले उल्लेख गरेका छन्।
महराले माओवादी केन्द्रसमेत परित्याग गरेका छन्। नगर कमिटी अध्यक्षलाई उनले पार्टी परित्यागको पत्र पठाएका हुन्। उनी माओवादी छाडेर आजै नेकपा बहुमतमा प्रवेश गरेको सो पार्टीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.