दार्चुलामा ट्याक्टर दुर्घटना , चालकको मृत्यु

पुस २३, २०७९
दार्चुला – मा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ। जिल्लाको व्यास गाउँपालिका ५ धौलाकोटमा ट्याक्टर दुर्घटना हुँदा चालक लोकेन्द्र सिलवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

शुक्रबार राति ११ः३० बजे म १ त १११८ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ। ट्याक्टर सडकदेखि १०० मिटर तल खसेको थियो । 

Leave A Reply

Your email address will not be published.