बैतडीमा नेपाल इन्डो क्रिकेट पुस २७ देखि

२३ पुष २०७९

बैतडी- बैतडीमा यही पुस २७ गतेदेखि प्रथम खुल्ला नेपाल इन्डो टी २० क्रिकेट प्रतियोगिता हुने भएको छ । पञ्चकोटी युवा क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका पुरुष क्रिकेट टोलीको सहभागिता रहनेछ ।

प्रतियोगिताको उपाधि विजेता टोलीले नगद ४० हजार उपविजेता टोलीलाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक पञ्चकोटी युवा क्लबका अध्यक्ष उत्तम चन्दले जानकारी दिए ।

यस्तै म्यान अफ द सिरिजलाई नगद ३ हजार,बेस्ट ब्याट्सम्यानलाई नगद एक हजार पाँच सय,बेस्ट बलरलाई नगद एक हजार पाँच,बेस्ट किपरलाई १ हजार १११ र बेस्ट फिल्डरलाई ७ सय ७७ रुपैंया नगद पुरस्कार दिइनेछ ।

दशरथचन्द नगरपालिका १० स्थित बुड्डाबाजे खेलमैदान रातामाटामा सञ्चालन हुने प्रतियोगिताका खेलहरु लिगचरणमा खेलाइनेछन् । प्रतियोगितामा भाग लिन इच्छुक टीमहरुले पुस २६ गते सम्म टीम दर्ता गराइसक्नुपर्नेछ ।

सीमावर्ती क्षेत्रका बासिन्दाहरुबीच खेलमार्फत सद्भाव कायम गर्न र क्रिकेट विकास,खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष चन्दको भनाई छ ।

Leave A Reply

Your email address will not be published.