पृथ्वी जयन्तीका अवशरमा मेलौलीको केशरपुरमा सरसफाई

  • दिपक राज दिर्घायु 
    पुस २७ बुधबार,२०७९ 

बैतडी–पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्तीको अवशरमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ। मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरिक्षक मुकेशकान्त दयालले बताए।

स्वास्थ्य केन्द्रमा कार्यरत सम्पूर्ण स्वास्थ्यक्रमि र कर्मचारिहरुले पृथ्वीनारायण शाहको सम्मान एव् सम्झनामा स्वास्थ्य केन्द्र परिसरमा सरसफाई गरेको स्वास्थ्य केन्द्रका सि–अहेब प्रताप सिह नायकले बताए।

हरेक वर्ष पुस २७ गते आजको दिन पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाईने गरिन्छ। विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो। विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा हुनुभएको थियो।

शाहाको जन्मजयन्तीका अवसरमा आज राष्ट्रिय एकता दिवस पनि मनाईने गरिन्छ। सरकारले आज सार्वजनिक बिदा दिएको छ।

स्वास्थ्य केन्द्र परिसरमा सरसफाई गर्दाखेरिका तस्बिरहरु-

Leave A Reply

Your email address will not be published.