बैतडी,
बैतडीमा शिशु मृत्युदर कहाली लाग्दो अवस्थामा पुग्न थालेको छ । आर्थिक वर्ष २०७६ ०७७ मा ३३ नवजात शिशुको मृत्यु भएको छ भने २०७७ ०७८मा ४८ र २०७८ ७९ मा ५१ नवजात शिशुको मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी तथा तथ्याङ्क अधिकृत बिपिन लेखकले जानकारी दिए । बढ्दो शिशु मृत्युदरको घटनाले तीनै तहका सरकारले सञ्चालन गर्ने स्वास्थ्य कार्यक्रमको प्रभावकारीतामा प्रश्न उठेको छ । पोषण, स्वास्थ्य सेवाको पहुँचको कमी, श्रोत साधनको अभाव गरिबी लगायतका कारणले शिशु मृत्युदर बढेको आसंका गरिएको स्वास्थ्यकर्मीहरुले बताएका छन्।