हराएका रोहित ९ दिनपछि फेला

मेलौली न्यूज 
पुस २९ शुक्रबार,२०७९

बैतडी–यहि पुस २० गते बेलुकाबाट हराएका रोहित राम पार्कि ९ दिनपछि फेला परेका छन । शिबनाथ गाउपालीका–०६ डाडाकोटका रोहित आज शुक्रबार फेला परेका हुन।

शिबनाथ गाउपालीका–६ बसेडिमा रहेको हिरापुर माध्यमिक बिद्यालयमा कक्षा ९ मा अध्यनरत १६ बर्षिया रोहित यहि पुस २० गतेबाट सम्पर्क बिहिन भएका थिए ।

शुक्रबार दिउसो करिब १ बजेतिर मेलौली भगवति मन्दिर परिसरमा हिडिरहेको अवस्थामा सामुदायिक रेडियो मेलौलीका पत्रकार दिपक राज दिर्घायु र मंगेश दयालले देखेपछि उनलाई समाएका थिए । हराएका रोहितलाई समातेपछि उनका दाजु मानिराम पार्किलाई खबर गरेर मेलौली नगरपालीका–०१ का नि–बर्तमान वडा अध्यक्ष सुरत नेगीको उपस्थितिमिा उनका दाजुलाई बुझाईएको छ ।

फेला परेका रोहितको साथमा केहि पुरानो समान र केहि नयाँ समान फेला परेको छ । उनको साथमा एक मोबायल, २ कालो चार्जर, एक साउण्ड बक्स, एक जोड हात लगाउने पञ्जा, एक जोड जुराब, एक रुमाल, एक कोलगेट, एक बुरुस, एक जोड हरियो चप्पल, एक बेल्ड, एक भित्रि शरिलमा लाउने बस्त्र, एक रुमाल, एक हाईनेक, एक पाईण्ड, एक सेतो सट, एक टाउजर र नगद एक हजार पचास रुपैया उनका दाजुलाई बुझाईएको छ।

रोहित के कति कारणले हराएका थिए भन्ने स्पष्ट रुपमा खुल्न सकेन् । घरमा रोहित सगं कुनै मनमुटाब र झै–झगडा नभएको उनका दाजुले बताएका छन । मानसिक अवस्था पनि ठिकै रहेको तर ८÷९ महिना आगाढी देबि देबताका कारण आफ्नो भाईमा अलिकति समस्या भएको उनले बताए ।

रोहित घरबाट सम्पर्क बिहिन भएपछि उनका परिवारले खोजि गरिदिन सबैलाई आग्रह गरेका थिए ।

 

Leave A Reply

Your email address will not be published.