बैतडीमा बुहारीलाई बलात्कार गर्ने ससुरा पक्राउ

बैतडी– बुहारीलाई बलात्कार गरेको आरोपमा ससुरा पक्राउ परेका छन् । बैतडीको पञ्चेश्वर गाउँपालिकाकी एक महिलाले आफूमाथि ससुराले जर्वजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधबार निवेदन दिएकी थिइन् ।

सोहि निवेदनको आधारमा ससुरा नाता पर्ने एक पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले बताउनुभयो ।

५२ वर्षीय आफ्नै ससुराले अन्दाजी २१ वर्षीय बुहारीलाई जबरजस्ती करणी गरेको भन्दै पीडितले निवेदन दिएपछि प्रहरीले विहिबार जिल्लाको सेरीबाट पक्राउ गरी जबरजस्ती करणी उद्योगमा मुद्दा चलाइएको छ ।

Leave A Reply

Your email address will not be published.