बरिष्ठ देउडा गायक औजि “राष्ट्रिय म्युजिक अवार्ड” बाट सम्मानित

मेलौली न्यूज 
पुस ३० शनिबार,२०७९ 

बैतडी-बरिष्ट देउडा गायक महेश कुमार औजि सम्मानित भएका छन्। बैतडीको पञ्चेश्वर गाउँपालिका-६ रोडि देबल जन्मघर भएका बरिष्ट लोक तथा देउडा गायक औजि रारा रष्ट्रिय म्युजिक अवार्ड २०७९ बाट सम्मानित भएका हुन्।

गायक, सर्जक तथा संगितकारका रुपमा आफ्नो छुट्टै पहिचान बनाएका बरिष्ट देउडा गायक औजि देउडा गित सगितको बिधामा सम्मानित भएका हुन्। मंगलबार राष्ट्रिय सभा गृह काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आथित्यमा आयोजित कार्यक्रमबाट गायक औजि सम्मानित भएका हुन।

सानै उमेर देखि गीत संगीत क्षेत्रमा लागेका लोक तथा देउडा गायक औजिले हालसम्म ५०० भन्दा बढि लोक तथा देउडा गितमा आवाज दिइसकेका छन्।

रारा रष्ट्रिय म्युजिक अवार्डबाट सम्मानित भएका लोक तथा देउडा गायक औजि आफु अवार्डबाट सम्मानित हुँदा खुसि लागेको भन्दै अगामि दिनमा पनि राष्ट्र र राष्ट्रियता र सस्कृतिको क्षेत्रमा कलम चलाएर र आवाज भरेर संस्कृति संरक्षणमा जोड दिने बताए।

गायक औजिको काठमाण्डौमा आफ्नै देबताल दर्शन रेकडिङ स्टुडियो पनि रहेको छ।

Leave A Reply

Your email address will not be published.