धनगढी – सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित सभामुख भीमबहादुर भण्डारीले पद तथा गोपनीयताको सपथ लिदै पदभार ग्रहण गरेका छन् ।
प्रदेश प्रमुख देवराज जोशीले भण्डारीलाई पद तथा गोपनीयताको सपथ खुवाए लगत्तै प्रदेशसभा पुगेर उनले पदभार सम्हालेका हुन् ।
पदभार सम्हाले लगत्तै उनले सर्वदलीय बैठक बोलाएका छन्। बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धी छलफल हुनेछ ।
भण्डारीले आजै उपसभामुखको निर्वाचन गर्ने तयारी गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
५३ जना प्रदेशसभा सदस्य रहेकोमा मंगलबार भएको मतदानमा ५२ मत खसेको थियो । जसमा भण्डारीले २९ मत प्राप्त गरेका हुन् । कांग्रेसका उम्मेदवार मानबहादुर रावलले भने २३ मत ल्याए ।