राजधानी निर्माण को लागि अत्तरियामा हस्ताक्षर अभियान शुरु

कैलाली-  उधोग बाणिज्य संघ अत्तरियाले प्रदेश को राजधानी कार्यन्वयन को लागि दबाब दिन ह्स्ताक्षर अभियान थालेको छ । 

अत्तरिया मा जारी महोत्सव को मुल गेटमा सर्बसाधारणहरु को हस्ताक्षर शुरु गरिएको संघ का अध्यक्ष अशोक राज देबकोटाले बताए । 

उनले गोदावरी २ र ४ मा सरकारले प्रदेश को राजधानी घोषणा गरिएपनी भौतिक संरचना अहिलेसम्म निर्माण नगरेको भन्दै दबाब दिन अभियान थालेको बताए ।

महोत्सव अबधि भर हस्ताक्षर संकलन गरिने देबकोटाको भनाई छ । हस्ताक्षर संकलन भएपछि सरकारलाई बुझाइने संघ को योजना रहेको छ । महोत्सव माघ ९ गते सम्म चल्ने छ ।

Leave A Reply

Your email address will not be published.