धर्मघर माविको बार्षिकोत्सव कार्यक्रम सम्पन्न

बैतडी – बैतडीको मेलौली नगरपालिका २ सलेनामा रहेको धर्मघर माद्यमिक विद्यालयको बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।शुक्रबार विद्यालयको ७३ औ बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी भट्ट को सभापतित्वमा सम्पन्न बार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि मेलौली नगरपालिका का नगरपमुख भीम बहादुर चन्द रहेका थिए ।
कार्यक्रममा बार्षिक उत्सवका अवसरमा भएका बिभिन्न खेलकुद तथा शैक्षिक प्रतियोगिता संगै कक्षामा उत्कृष्ट हुने विद्यार्थिलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राम बहादुर चन्दले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयकका शिक्षक मुकेश तिर्वाले स्वागत मन्त्यव्य राखेको कार्यक्रमको संचालन शिक्षक हरि सिंह नायकले गरेका थिए ।
विद्यालयमा अहिले ४ सय ६२ विद्यार्थि अध्ययनरत रहेका छन । २००६ सालमा प्रावितह बाट अध्यापन सुरु भएको सो विद्यालयमा २०५२ सालदेखि मावितह सम्मको अध्यापन हुँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.