रितु ओझा
माघ ०७ शनिबार,२०७९
बैतडी-चिसोयामको समय सगै मेलौलीमा दम तथा निमोनियाका बिरामी बढ्न थालेका छन। मेलौलि नगरपालिका-०७ केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा दम तथा निमोनियाका बिरामी बढ्न थालेका छन।
अत्याधिक चिसोका कारण बृद्ध, बृद्धामा बढि जसो स्वाँस प्रश्वाँसमा समस्या देखीने गरेको र बच्चाहरुमा रुघा, खोकी जस्ता समस्या देखिने गरेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरिक्षक मुकेशकान्त दयालले बताए।
दैनिक दम तथा निमोनीका मात्रै ५० देखी ६० जना बिरामी स्वास्थ्य सस्थामा चेकजाँचका लागी आउने गरेको वास्थ्य केन्द्रका जनस्वास्थ्य निरिक्षक मुकेशकान्त दयालले बताए। उनले भने अरु बेला भन्दा पनी चिसोको बेला दम, रुघा, खोकि निमोनिया जस्ता रोगहरु बढि फैलिने हुदाँ यसबाट बच्न न्यानो लुगा लगाउने, तातो र झोलिलो खानेकुरा खाने, धुलो धुवाँबाट बच्न उनले सुझाब दिएका छन।