मेलौली न्यूज
माघ १० मंगलबार,२०७९
बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लाका उच्च पहाडी भेगहरुमा हिमपात सुरु भएको छ । खोडपे, अनारखोली, सतबाझ, गर्जे, बाजपानी ढोल्यामोड, श्रीभावर, बझाङको बित्थड लगायतका क्षेत्रहरुमा हिउँ पर्न थालेको हो ।
आज बिहानदेखि हिमपात भैरहेको छ ।पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण त्यस क्षेत्रमा वर्षा र हिमपात भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार यी प्रदेशमा आज पनि हल्का वर्षा र हिमपातको अनुमान छ ।
हिमपात सङ्गै वर्षा भएपछि किसान हर्षित भएका छन। गत असोज १९ गते देखि २३ गते सम्म वर्षा भएको थियो ।