- दिपक राज दिर्घायु
माघ ११ बुधबार,२०७९
बैतडी-डडेल्धुराको अजयमेरु गाउपालीका-०६ मा नि:शुल्क आँखा शिबिर सञ्चालन हुने भएको छ। गेटा आँखा अस्पतालद्धारा सञ्चालित आँखा उपचार केन्द्र डडेल्धुराको प्राबिधिक सहयोगमा र अजयमेरु गाउपालीका -६ को समुन्वयमा तथा आर्थिक सहयोगमा नि:शुल्क आँखा शिबिर सञ्चालन हुन लागेको हो।
अजयमेरु गाउपालीका-०६ को राजुल आधारभुत स्वास्थ्य केन्द्र राजुलमा यहि माघ १४ गते शनिबारका दिन नि:शुल्क आँखा शिबिर सञ्चालन हुने वडा अध्यक्ष हरि सिह भण्डारीले जानकारी दिनुभयो। आँखा सम्बन्धि समस्या भएका सम्पूर्ण नागरिकहरुलाई सेवा लिनहुन उनले अनुरोध गरेका छन।
अजयमेरु गाउपालीका–०६ द्धारा जारी गरिएको निःशुल्क आँखा शिबिर सम्बन्धि सुचना ।
