दिपक राज दिर्घायु
माघ १३ शुक्रबार,२०७९
बैतडी-मेलौलीमा पालिकास्तरीय अन्तर माबि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। जुनियर रेडक्रस सर्कल र बाल क्लबको आयोजनामा शुक्रबार प्रतियोगिता सम्पन्न भएको मणिलेक माध्यमिक बिद्यालयका प्रधानाध्यापक रमेश दत्त बागले बताए।
मेलौली नगरपालीका भरिका १२ ओटा माध्यमिक बिद्यालय मध्ये ११ ओटा माध्यमिक बिद्यालय प्रतियोगितामा सहभागि भएका थिए। बिशेष गरेर माध्यमिक तहका बिद्यार्थीहरुको लागि प्रतियोगिता सञ्चालन गरिएको प्रधानाध्यापक बागले बताए।
प्रतियोगितामा मणिलेक माध्यमिक बिद्यालयले पहिला स्थान हासिल गर्दै ५ हजार सहित प्रमाणपत्र प्राप्त गरेको छ। यसैगरि दोस्रो स्थान हासिल गरेको बिशालपुर माध्यमिक बिद्यायलले ३ हजार सहित प्रमाणपत्र, तेस्रो स्थान हासिल गरेको दुर्गा माध्यमिक बिद्यालयले २ हजार सहित प्रमाणपत्र र चौथो स्थान हासिल गरेको केदारेश्वर माध्यमिक बिद्यालयले १ हजार सहित प्रमाणपत्र प्राप्त गरेको जनाईएको छ।
मणिलेक माबिको प्राङ्गणमा सम्पन्न भएको प्रतियोगिताको प्रमुख अतिथि मेलौली नगरपालीका नगर–प्रमुख भिम बहादुर चन्द, बिशिष्ट अतिथिमा नेपाल रेडक्रस सोसाईटि उप–शाखा मेलौलीका सभापति सुरत पार्कि र मेलौली नगरपालीका शिक्षा शाखा प्रमुख मनु क्षेत्रि रहनु भएको थियो।