दिपक राज दिर्घायु
माघ १४ शनिबार,२०७९
बैतडी-डडेल्धुराको अजयमेरु गाउपालीका-०६ मा एकदिने निःशुल्क आँखा शिबिर सम्पन्न भएको छ। गेटा आँखा अस्पतालद्धारा सञ्चालित आँखा उपचार केन्द्र डडेल्धुराको प्राबिधिक सहयोगमा र अजयमेरु गाउपालीका-६ को समुन्वयमा तथा आर्थिक सहयोगमा शनिबार निःशुल्क आँखा शिबिर सम्पन्न भएको वडा अध्यक्ष हरि सिह भण्डारीले बताए।
अजयमेरु गाउपालीका-०६ को राजुल आधारभुत स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको शिबिरमा १७८ जानाले सेवा लिएका छन। जसमा १०३ जना पूरुष र ७५ जना महिलाले सेवा लिएको वडा अध्यक्ष भण्डारीले बताए।
शिबिरिबाट ७२ जनालाई चस्मा बितरण, १७८ जनलाई औषधि बितरण र १५ जनालाई अप्रेशनको लागि छनोट गरिएको छ। छनोट गरिएकाहरुलाई डडेल्धुरा अस्पतालमा उपचार गरिने जनाईएको छ। उपचारमा लाग्ने खर्च सगै आउने जाने भाडा वडाले र आँखा उपचार केन्द्र डडेल्धुराले बेर्होने वडा अध्यक्ष भण्डारीले जानकारी दिए।
गाउमै निःशुल्क आँखा शिबिर सञ्चालन गरेकोमा नागरिकहरुले धन्यबाद ज्ञापन गरेका छन।