गायक साउदको “दुई ब्याको बबाल”लाई सबैले रुचाउदै

दिपक राज दिर्घायु 
माघ १५ आईतबार,२०७९ 

बैतडी-नब गायक निरज साउदको नयाँ डोटेली गित दुई ब्याको बबाललाई यतिबेला स्रोताहरुले खुबै मन पराई रहेका छन। बैतडीको शिबनाथ घर भई हाल रोजगारिको लागि भारतको एक अस्पतालमा स्वास्थ्यक्रर्मिको रुपमा कार्यरत रहेका साउदको जनचेतना मुलक गित दुई ब्याको बबाल लोकप्रिर्य हुदै गईरहेको छ।

आफ्नै स्वर/शब्द तथा महेश साउदको लयमा रहेको गितलाई भिडियो सहित उनले आफ्नै युटुब च्यानलबाट सार्बजनिक गरेका हुन। भिडियोमा गायक साउदलाई रचना र लक्ष्मीले साथ दिएकि छन।

गित तथा भिडियो भारतमा निमार्ण गरिएको छ। भिडियोमा केहि अशं आफ्नै जन्मभुमिका पनि समाबेश गरिएको छ।

भाषा सस्कृतिको सरक्षण गर्दै दुई बिहे गर्दा हुने समस्या, चुनौति र नियम बिपरितको कार्य भएकाले दुई बिहे गर्नु राम्रो होईन भन्ने शन्देश गित भिडियो मार्फत दिन खोजेको उनले बताएका छन। गायक साउदले गितलाई माया गरिदिन हुन सबै स्रोता तथा दर्शकहरुमा आग्रह गरेका छन।

भिडियो हेर्नको लागि तलको लिङ्कमा क्लीक गर्नुहोला । 

Leave A Reply

Your email address will not be published.