बैतडी- बैतडीको दशरथचन्द नगरपालिकाले भोली सार्वजनिक विदा दिएको छ । सहिद दिवसको अवसरमा दशरथचन्द नगरपालिकाले सार्वजनिक विदा दिएको हो । १६ गते नगरपालिकाका सरकारी तथा गैह्रसरकारी संघ संस्थाका लागि सार्वजिनक विदा दिने निर्णय गरिएको सूचना मार्फत जानकारी गराइएको छ ।
नेपालका चार सहिदमध्ये सहिद दशरथ चन्दको गृह नगर भएकाले पनि सहिद दिवसलाई विशेष महत्वकासाथ हेरिन्छ ।