नार्गाजुन माध्यमिक बिद्यालयको ७६ औँ बार्षिकोत्सव कार्यक्रम सम्पन्न

दिपक राज दिर्घायु 
माघ १६ सोमबार,२०७९ 

बैतडी-नार्गाजुन माध्यमिक बिद्यालय शिबनाथ गाउपालीका-२ शर्मालीको ७६ औँ बार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको छ। आईतबार बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष कृष्ण सिंह साउदको अध्यक्षता र मणिलेक माबिका प्रधानाध्यापक रमेश दत्त बागको प्रमुख आतिथ्यमा ७६औँ बार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको बिद्यालयका प्रधानाध्यापक माहामल सिह साउदले बताए।

कार्यक्रममा बिद्यालयले बर्ष भरि गरेका कामको समिक्षा एवम बार्षिक प्रतिबेदन प्रस्तुत गरिएको थियो। कार्यक्रम मार्फत बिद्यालयको भौतिक, आर्थिक र शैक्षिक अवस्था तथा समस्याका बारेमा सम्पूर्ण अभिभावकहरुलाई जानकारी गराईका बिद्यालयका प्रधानाध्यापक साउदले बताए।

साथै बार्षिकोत्सव कार्यक्रममा बिभिन्न प्रकारका सास्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम पनि प्रस्तुत गरिएका थिए। कार्यक्रममा बिभिन्न राजनिति दलका ब्यक्तिहरु, जनप्रतिनिधि लगायत शिक्षक, बिद्यार्थी र स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.