मेलौली नगरपालीकाले पनि मनायो शहिद दिवस

  • दिपक राज दिर्घायु 
    माघ १६ सोमबार,२०७९ 

बैतडी-मेलौली नगरपालीकाले पनि आज शहिद दिवस मनाएको छ। देश र जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने शहिदको सम्झनामा मेलौली नगरपालीकाले पनि शहिद दिबस मनाएको नगर–प्रमुख भिम बहादुर चन्दले बताए।

नगर प्रमुख, नगर उप–प्रमुख र वडा अध्यक्षहरु लगायतको सहभागितामा शहिद दिवस मनाएको जनाईएको छ। जाहानियाँ राणा शासन विरुद्ध विद्रोह गर्ने ४ जना शहिदहरुले शाहदत प्राप्त गरेको समय माघ १० देखि १६ गतेसम्म शहिद सप्ताह मनाउने गरिएको हुदा मेलौली नगरपालीकाले पनि आज शहिद दिवस मनाएको नगर उप–प्रमुख पार्वती बोहरा बिष्टले बताए।

शुक्रराज शास्त्रीलाई विःस १९९७ माघ १० गते टेकुस्थित पचलीमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो। धर्मभक्त माथेमालाई सिफलमा माघ १३ गते झुण्ड्याएको थियो भने गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा गोली हानी मारिएको थियो। यिनै महान सपुतहरुको सम्झनामा प्रत्येक वर्ष शहिद दिवस मनाउने गरिएको हो।

त्यसपछि विभिन्न कालखण्डमा भएका आन्दोलन तथा सशस्त्र द्वन्द्वमा मारिएकाहरुलाई पनि शहिद घोषणा गरिएको छ।

Leave A Reply

Your email address will not be published.