भरतपुर माध्यमिक बिद्यालयले मनायो ४६ औँ बार्षिकोत्सव

दिपक राज दिर्घायु 
माघ १६ सोमबार,२०७९ 

बैतडी-भरतपुर माध्यमिक बिद्यालय मेलौली नगरपालीका–७ गाउकोटले ४६ औँ बार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ। सोमबार बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष राज बहादुर चन्दको अध्यक्षता, मेलौली नगरपालीका नगर–प्रमुख भिम बहादुर चन्दको प्रमुख आतिथ्य र नगर उप–प्रमुख पार्वती बोहरा बिष्टको बिशिष्ट आतिथ्यमा ४६ औँ बार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको स्थानिय बिरेन्द्र बहादुर चन्दले बताए ।

कार्यक्रममा बिद्यालयले बर्ष भरि गरेका कामको समिक्षा एवम बार्षिक प्रतिबेदन बिद्यालयका प्रधानाध्यापक केशब दत्त ओझाले प्रस्तुत गरेका थिए। बिद्यालयले २०७८ साल श्रावणदेखि २०७९ आसारसम्म ८५ लाख ८६ हजार ७१६ रुपैया आम्दानि गरेको जनाईएको छ। यसैैगरि बिद्यालयले गत आर्थिक बर्ष २०७७ देखि २०७८ असार सम्मको बचत ८ लाख १३ हजार ३८६, जम्मा आम्दानि ९४ लाख १०३ रुपैया रहेको जानकारी गराईएको छ।

२०७८ साल श्रावणदेखि २०७९ आसार सम्मको खर्च ७२ लाख ६९ हजार ३१७ रुपैया, कुल जम्मा बचत २१ लाख ३० हजार ७८६, तहबिल मौज्जातको रकम एक हजार ३ सय १७ रुपैया रहेको जनाइएको छ।

कार्यक्रम मार्फत बिद्यालयको भौतिक, आर्थिक र शैक्षिक अवस्था तथा समस्याका बारेमा सम्पूर्ण अभिभावकहरुलाई जानकारी गराईको चन्दले बताए। कार्यक्रमबाट बिभिन्न खेलकुद तथा शैक्षिक प्रतियोगिता र कक्षामा उत्कृष्ट हुने विद्यार्थिलाई पुरस्कृत पनि गरिएको थियो।

साथै बार्षिकोत्सव कार्यक्रममा बिभिन्न प्रकारका सास्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम पनि प्रस्तुत गरिएका थिए। कार्यक्रममा बिभिन्न राजनिति दलका ब्यक्तिहरु, जनप्रतिनिधि लगायत शिक्षक, बिद्यार्थी र स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.