बैतडी-मेलौली नगरपालिका वडा नं ६ हतरङगामा रहेको जगदम्बा माद्यमिक विद्यालयको ४४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समिति अध्यक्ष हरी दत्त भट्टको अध्यक्षतामा भएको कार्यक्रममा मेलौली नगरपालिकाका प्रमुख भीम बहादुर चन्दको प्रमुख आथिथ्यता रहेको थियो ।
कार्यक्रममा वडा नं ६ का वडा अध्यक्ष तारा दत्त भट्ट वडा सदस्य सरु दयाल,सुकदेब पोखरेल ,अभिभावक संघका अध्यक्ष लोकमणि भट्ट लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । विद्यालयका प्रधानध्यापक गोपाल दत्त भट्टले ५७ लाख ९ हजार ६ सय बराबरको आयब्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा जग्गा र चन्दादातालाई सम्मान गर्नुका साथै जेहेन्दार विद्यार्थीलाई विद्यालयमा रहेको अक्षयकोषको व्याजबाट पुरस्कार वितरण गरिएको थियो ।