बैतडी- बैतडीको पाटन नगरपालिका वडा नं ७ स्थित उदयदेव माद्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन सम्पन्न भएको छ ।
आज बसेको अभिभावक भेलाले ललित बहादुर चन्दको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति सर्वसम्मत चयन गरेको हो ।
शुक्रबाररै सम्पन्न अभिभावकहरुको भेलाले हरी दत्त भट्टको अध्यक्षतामा शिक्षक अभिभावक संघ पनि गठन गरेको विद्यालयका प्रधानाध्यपक राजेन्द्र बहादुर चन्दले जानकारी दिनुभएको छ ।