बाजुरामा माटोको ढिस्कोले पुरिएर बालिकाको ज्यान गयो

बाजुरा बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर एक बालिकाको ज्यान गएको छ ।

हिजो स्वामीकार्तिक खापर–१ साप्पाटा मुक्तिकोट गाउँकी १४ वर्षीया शुसिला विकको माटोको ढिस्कोले पुरिएर ज्यान गएको हो ।

माटो खन्ने क्रममा ढिस्कोले च्यापिएर उनको ज्यान गएको वडा नम्बर १ का वडा सदस्य नन्दलाल धामीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.