बैतडीमा आयुर्वेद सेवा लिने बढ्दै

बैतडी – बैतडीमा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा धाउन थालेका छन । आयुर्वेद औषधीमा विश्वास कम गर्ने र मेडिकल तथा अन्य अस्पतालमा सेवा लिन धाउने बिरामी हिजोआज आयुर्वेद स्वास्थ्य केन्द्रमा सेवा लिने गरेको पाइएको छ। विश्वको सबैभन्दा पुरानो चिकित्सा पद्धतिका रुपमा रहेको आयुर्वेद चिकित्सा पद्धति मानिन्छ ।यसले गर्दा पनि पछिल्लो समय आयुर्वेद उपचारमा धेरैको आकर्षण बढ्दो छ। बैतडी जिल्लाभरीका आयुर्वेद औषाधालय,नागरीक आरोग्य सेवा केन्द्र, जीवन शैली परामर्श सेवा केन्द्रबाट, आर्थिक वर्ष २०७८÷०७९ मा १८ हजार ९ सय जनाले सेवा लिएका छन ।

जिल्ला आयुर्वेद स्वास्थ्य सेवा केन्द्र मेलौलीमा सेवा लिन आउनेमध्ये अधिकांश बिरामी पेट ,ग्याष्ट्रीक सम्बन्धी समस्या लिएर आउने गरेका छन । गाउँघरमा पाइने बहुमूल्य वनस्पतिबाट तयार पारिएको आयुर्वेद औषधिको सेवन स्वास्थ्यका लागि फाइदाजनक भएकाले नियमित रुपमा सेवन गरिरहेको मेलौली वडा न .१ का कस्तुरी दयाल बताउँछिन । एउटा रोगको आयुर्वेदको औषधि खाएपछि अर्को रोग भएमा पनि त्यसले कुनै असर नगर्ने र नियमित आयुर्वेद औषधि प्रयोग गर्न थालेपछि मज्जाले खाना खान रुच्ने, शरीर नै स्वस्थ बनेकी छु , उनले भनिन ।

सरकारको विभागबाट सिफारिस गरिएका ९५ प्रकारका औषधिमध्ये आयुर्वेद औषधालयबाट २३ प्रकारका औषधि पाइन्छ। यो सबै आयुर्वेद स्वास्थ्य संस्थामा नियमित उपलब्ध छ। नियमित रुपमा आयुर्वेदको औषधि खान थालेपछि पेट दुख्ने, खान अरुचि हुने जस्ता विभिन्न समस्या सबै निको भएको बताउँछन, मेलौली नगरपालिका वडा न ७ हरी दत्त भट््ट, उनले आयुर्वेद औषधालयबाट अहिले नियमित रुपमा औषधि उपचार सेवा लिँदै आएका छु ।
जिल्लाका विभिन्न आयुर्वेद स्वास्थ्य संस्थाबाट साधारण उपचार, स्तनपायी, ज्येष्ठ नागरिक, पूर्वकर्म पञ्चकर्म, गाउँघर क्लिनिक, आयुर्वेद सेवा कार्यक्रम सञ्चालन गरिएको छ।

विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम, जडीबुटी परिचयात्मक कार्यक्रम, स्वस्थ जीवन जस्ता कार्यक्रम चलाइएको मेलौली आयुर्वेद स्वास्थ्य केन्द्रका निमिक्त प्रमुख हिकमत चन्दले जानकारी दिए। उनका अनुसार यस कार्यक्रममा नागरिकको उत्साहजनक उपस्थिति छ । भने आयुर्वेद सेवा लिने बढेका छन ।पहिले आयुर्वेद औषधि उपचार कमैले गराउने गर्थे भने पछिल्ला वर्षमा आयुर्वेद औषधि उपचारमा सेवा लिने बढ्दो रहेको छ, पेट, ग्याष्ट्रिक, खाना मन नलाग्ने, गानोगोला जस्ता समस्या लिएर बिरामीहरु अस्पतालमा आउने गरेका छन, उनले भने ।

उनका अनुसार नियमित रुपमा आयुर्वेद औषधि सेवन गर्ने बिरामी बढिरहेका छन । तुलसी, बेल, टिमुर, ज्वानो, लसुन, हर्रोबर्रो, अमला, सिलाजित लगायतका विभिन्न वानस्पति वस्तुहरु मिसाएर बनाइएको औषधी स्वास्थ्यका लागि हित मानिन्छ ।
बैतडीको मेलौलीमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रहेको छ ।भने दशरथचन्द नगरपालिकामा दुई वटा आयुर्वेद औषधालय र सिगास गाउँपालिकामा एक वडा आयुर्वेद औषधालय रहेको छ । यस्तै पुर्चौडी नगरपालिका,शिवनाथ गाउँपालिका,सुर्नाया गाउँपालिका , शिवनाथ गाउँपालिका ,पञ्चेश्वर गाउँपालिकामा भित्र एकवटा नागरीक आरोग्य सेवा केन्द्र र पाटन नगरपालिकमा एक स्वस्थ्य जीवन शैली परामर्श सेवा केन्द्र रहेको छ ।

Leave A Reply

Your email address will not be published.