सुदूरपश्चिमका मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने

डडेल्धुरा -सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुधबार विश्वासको मत लिने भएका छन् । पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ गतेभित्र विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता छ ।

माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेतासमेत रहेका रावलले विश्वासको मत पाउने नपाउने अझै यकिन हुन सकेको छैन । निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने नदिने भन्ने निर्णय अझै गरेको छैन । तर‚ एमाले र माओवादी भने नागरिक उन्मुक्तिले विश्वासको मतका पक्षमा मतदान गर्नेमा विश्वस्त छन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नागरिक उन्मुक्तिका ७ सांसद छन् । यो संख्या प्रदेशको सरकार निर्माणदेखि संसद्का हरेक प्रक्रियामा निर्णायक छ । सरकार नेतृत्वकर्ता दल एमाले सांसद धर्मराज पाठकले विश्वासको मत पाउनेमा विश्वस्त रहेको बताए ।

Leave A Reply

Your email address will not be published.