रूखबाट लडेर ७८ वर्षीय वृद्धको मृत्यु

बैतडी -रूखबाट लडेर बैतडीमा आज एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका-१ नानरा भुगाडीका ७८ वर्षीय सालीभान धामी रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

मंगलबार विहान स्याउला काट्ने क्रममा रुखबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको उनले बताए ।

Leave A Reply

Your email address will not be published.