बैतडी- बैतडीको सुर्नया गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थी हाजिर भएका छन् । उनले आजदेखि प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यभार समालेका हुन् । एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष अमर बहादुर कुवँर, उपाध्यक्ष मन्जु महरा बोहरा, निवर्तमान निमित्त प्रमुख पशासकीय अधिकृत हिमान्सु भट्ट लगायतका कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत अवस्थीको स्वागत गरेका थिए ।
नियमसंगत काम गर्ने र यसका लागि जनप्रतिनिधिहरुले उपयुक्त वातावरण सिर्जना गर्नेमा विश्वस्त रहेको प्रमुख अवस्थीले बताए ।
यसअघि अवस्थी जिल्लाको शिवनाथ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत थिए ।