बैतडी— मेलौली नगरपालिका–५ खलिगाड स्थित सिद्धेश्वर आधारभुत विद्यालयको व्यवस्थापन समिति गठन भएको छ ।
विद्यालयको शुक्रबार भएको अविभावक भेलाले कृष्ण राम दमाई को अध्यक्षता ९ सदस्यीय व्यवस्थापन समिति समेत चयन गरेको हो । समितिका सदस्यहरुमा करन दयाल,बिरेन्द्र पोखरेल,देबु पार्कि,रम्भा दयाल,कमला दयाल लगायत चयन भएको अभिभावक मेलौली नगरपालिका वडान.५ का वडा सदस्य प्रेम बहादुर चन्दले बताए ।
उनले विद्यालयको विकासका लागि योगदान गर्न सफल हुने विश्वास लिएर दमाई लाई अध्यक्षमा चयन गरेको उनले बताए ।