रायपुर आधारभुत विद्यालयको २९ औँ बार्षिकोत्सव सम्पन्न

बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिका ४ निङ्लाडमा रहेको रायपुर आधारभुत विद्यालयको २९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस कार्र्यक्रम शुक्रबार सम्पन्न भएको छ।
रायपुर आधारभुत विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चक्र बहादुर चन्दको सभापतित्वमा भएको बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा प्रमुख अतिथी पञ्चेश्वर गाउँपालिकाका उपाध्यक्ष विना भट्ट रहनु भएको थियो ।
सोही कार्यक्रममा विद्यालयका प्रधानाध्यपक भरत बहादुर चन्द ३४ लाख बराबरको आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए।रायपुर आधारभुत विद्यालयकी शिक्षिका भावना चन्दले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक धमेन्द्र ओडले गरेका थिए। विद्यार्थीहरुलाई पुरुस्कारको व्यवस्थाका लागी जयमहारुद्र पुस्तक पसल मेलौेली र उदयदेव ट्रेडर्स एण्ड सप्लायर्स कुलाउँले सहयोग गरेको विद्यालयका प्रधानाध्यापक भरत बहादुर चन्दले बताए ।

1 Comment
  1. म आयूश अस्मीत टमटा निङलाड says

    धेरै धेरै कामना अगामी दिन हरूमा पनी प्रगती का साथ रामपूर आधारभूत बिध्यालय ले सफल्ता पूर्बक कार्यक्रम संगै मनोरंजन का बाटा हरू अगाडी बडाउन विद्यार्थी हरू को पढाई लेखाई संगै कलाकारी श्रेत्रमा आगाडि बडून।29बार्षिक उत्सब सम्पन्न भयो।अर्को बर्ष पनी खुसी र मनोरन्जनात्मक कार्यक्रम हरू गर्दै रहून।

Leave A Reply

Your email address will not be published.