रोजगारि नभएकालाई बेरोजगार फारम भर्न मेलौली नगरपालिकाको आग्रह

बैतडी-रोजगारि नभएकाहरुलाई बेरोजगार फारम भर्न मेलौली नगरपालिकाले आग्रह गरेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम अंन्तरगत आईतबार एक सुचना जारि गर्दै बेरोजगार फारम भर्न अनुरोध गरेको हो।

फागुन १ गतेदेखि फागुन मसान्तसम्म आफुले बसोबास गर्दै आएको वडा कार्यालयमा बेरोजगार ब्यक्तिको सुचिमा सुचिकृत हुन रोजगार संयोजक सन्ध्या जोशि र निमित्त प्रमुख प्रशासकिय अधिकृत सपना कार्किद्धार हस्ताक्षरित सुचना मार्फत जानकारी गराईएको छ।

आर्थिक बर्ष २०८०/८१ का लागि आर्थिक अवशरबाट बञ्चित महिला, आदिबासि, जनजाति, दलित तथा बिपन्न बर्गका बेरोजगार ब्यक्तिहरुले फारम भर्न सक्ने छन। एक आर्थिक बर्षमा न्यूनतम एक सय दिनको रोजगारिमा संग्लन नभएको तथा एक सय दिनको रोजगारि वाफत प्राप्त गर्ने नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक बराबरको आय नभएको ब्यक्तिले फारम भर्न सकिने जनाईएको छ।

फारम भर्ने ब्यक्ति १८ बर्ष पुरा भई ५९ बर्ष उमेर समुहको हुनुपर्ने छ। फारम भर्दा नेपाल नागरिकताको प्रतिलिपि, पासपोर्ट साईजको फोटो, परिवारका सबै सदस्यको नागरिकताको फोटोकपि आवश्यक पर्ने छ।

फारम वडा कार्यालयमा निशुल्क भर्न सकिने छ।

Leave A Reply

Your email address will not be published.