नार्गाजुन माबि शर्मालीले उचाल्यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि

बैतडी-शिबनाथ गाउपालीकाको गाउपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नार्गाजुन माबी शर्मालीले हात पारेको छ। ११ स्वर्ण,९ रजत र १ कास्य पदक सहित प्रथम भएको छ।

यसैगरि ११ स्वर्ण, ६ रजत र ३ कास्य पदक सहित हिरापुर माबि बसेडिले दोस्रो स्थानमा चित्त बुझाएको छ। तेस्रो स्थानमा आएको उदय माबि कफाडिले ४ स्वर्ण, ६ रजत र ७ कास्य पदक हात पारेको छ।

पिपलकोट माबि लोजनिले १ स्वर्ण, ३ रजत र ३ कास्य पदक, शारदा माबि मटेलाले ३ कास्य पदक, चन्द्रदेबल माबि स्वलपलाले २ रजत ६ कास्य पदक, श्रिपुर माबि पुडिलले १ रजत १ कास्य पदक प्राप्त गरेको छ।

माघ २७ गतेबाट सञ्चालन भएको प्रतियोगिताको आज समापन गरिएको सहकर्मि मंगेश दयालले बताए।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!