पञ्चेश्वरमा सम्पन्न गाउँघर चिकित्सक कार्यक्रमबाट ७३५ जानाले सेवा लिए

बैतडी -बैतडीको पञ्चेश्वर गाउँपालिकामा सम्पन्न गाउँघर चिकित्सक कार्यक्रमबाट ७३५ जनाले सेवा लिएक छन् । ४३२ महिला र ३०३ पुरुष गरी ७३५ जनाले सेवा लिएका जिल्ला अस्पताल बैतडीले जनाएको छ ।
विशेषज्ञ शिबिरमा ११० जनाले भिडियो एक्सरे सेवा, ३० जनाले इ।सि।जि सेवा , १२३ जनाले दन्त चिकित्सा सेवा र ५१ जनाले बालरोग विशेषज्ञ सेवा प्राप्त गरेका छन । अस्पताल तथा चिकित्सकीय सेवाबाट टाढा रहेका स्थानीय तहहरुमा सञ्चालन गरिने यो कार्यक्रम केहि दिनपछि जिल्लाको सिगास गाउँपालिकाको गाजरी स्वास्थ्य चौकीमा गाउँघर चिकित्सक कार्यक्रम सञ्चालनको तयारी भइरहेको जिल्ला अस्पताल बैतडीका मेडिकल सुपरिटेन्डेन्ट दिपेश क्षेष्ठले जानकारी दिए । प्रदेश सरकारको सहयोगमा यो कार्यक्रम बैतडीमा पनि सञ्चालनको क्रममा रहेको छ।

Leave A Reply

Your email address will not be published.