कमलपुर माबि कोटिगाउका शिक्षक जोशिको बिदाई

बैतडी-मेलौली नगरपालीका–०८ कोटिगाउमा रहेको कमलपुर माध्यमिक बिद्यालयका शिक्षक केशब दत्त जोशिको बिदाई गरिएको छ। शिक्षक जोशिको शिक्षक सेवा समाप्त भई निवृत जिवनमा बस्नु पर्ने भएकाले आईतबार एक कार्यक्रमका बिच स-सम्मान सहित बिदाई गरिएको हो।

बिःस २०४८ सालदेखि २६ बर्षसम्म बिद्यालयको प्रधानाध्यपक पदमा र ५ बर्ष शिक्षक पदमा रहि काम गरेका जोशिको दोसल्ला सहित प्रशंसापत्रद्धारा बिदाई गरिएको बिद्यालयका प्रधानाध्यापक मन्धिर राम लुहारले बताए।

बिद्यालयको लागि निकै ठुलो योगदान दिएका शिक्षक जोशिको बाकि जिवन सुखमय बितोस् भनि बिद्यालयले कामना गरेको छ।

Leave A Reply

Your email address will not be published.