नजिक सर्ने कोहि भए, प्रस्ताब राख्नु प्रेम दिवसमा ।
मन पर्ने कोहि भए, प्रस्ताब राख्नु प्रेम दिवसमा ।।जति मया गर्छौ तिमी, त्यो भन्दा बढी तिमीलाई ।
मायाँ गर्ने कोहि भए, प्रस्ताव राख्नु प्रेम दिवसमा ।।नबोलेरै कति कति, आँखा आँखा बाट मुटु ।
माया भर्ने कोहि भए ,प्रस्ताब राख्नु प्रेम दिवसमा ।।सुःख दुःख सँगै काट्न, आँधि भेल जिन्दगीको ।
जँघार तर्ने कोहि भए, प्रस्ताब राख्नु प्रेम दिवसमा ।।