उ प्रेम गर्थी
उ प्रेम गर्थी
म एक्लो भएको बेला
म रोएको बेला
मलाई एक्लो नहुने आभास गर्थी
मेरा आँसु पुछ्ने काम गर्थीहो मलाई उ प्रेम गर्थी
जतिबेला म सडकमा थिए
जतिबेला म चप्पलमा थिए
उ महल छोडेर मसँगै सडकमा आउथी
आफ्ना जुत्ता मलाइ लगाउन दिन्थी
हो मलाई उ अती नै प्रेम गर्थीबेदनाले मन पोलेको बेला
भावनामा मन तड्पीएको बेला
उ शितलता दिने चौतारी थीइ
संकट तार महाशक्ति थीइहो उ मलाइ धेरै प्रेम गर्थी
कृष्णको राधा जस्तै,
रामको शीया जस्तै
मधुवन , निधीवन र ब्रिन्द्रावन
मन्दिर, मस्जिद र चैत्यमा
उ नै थिइ ,
मेरो प्रेम बोकेर बस्थी
मेरो याद बोकेर बस्थीहो मलाइ उ प्रेम गर्थी
उ मेरी प्रेमिका थिएन
उ त को हो चिन्नै सकिएन
प्रचण्ड गर्मीमा सीतलता दिन्थी
कठ्याङ्ग्रिदो चिसोमा न्यानो दिन्थी
भौतारीदो जिवनमा प्रकास दिन्थी
हो मलाई उ अती नै प्रेम गर्थी
उ प्रेमिका नभइ प्रेम थिइ
केवल मेरी थिइ !!