बैतडी -नियमित खोप सेवा सरसफाइ प्रबद्र्धन कार्यक्रम अन्तर्गत पालिका स्तरमा पुर्ण खोप कार्यक्रमको समिक्षा तथा पुर्ण खोप दिगोपना तथा सरसफाइ प्रबद्र्धनका लागी योजना तयारी गोष्ठी मंगलबार मेलौली नगरपालिकामा सम्पन्न भएको छ ।
स्वास्थ्य कार्यलय बैतडीको सहयोग तथा मेलौली नगरपालिकाका स्वास्थ्य शाखाको आयोजनामा एक दिने गोष्ठी सम्पन्न भएको हो ।उक्त कार्यक्रममा पालिकामा नियमित खोपको अवस्था, सरसफाइ, पुर्ण खोपको दिगोपना र प्रबद्र्धन लगायतका बिषयमा छलफल भएको स्वास्थ्य शाखा प्रमुख नारायण बहादुर चन्दले बताउनुभयो ।
कार्यक्रममा सम्पुर्ण वडाका वडा अध्यक्ष ,कार्यपालिका सदस्य ,स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्ट ,स्वास्थ्य संस्था प्रमुखहरु लगायतको सहभागिता रहेको थियो