कोल्तडा आधारभुत बिद्यालयको नया समिति गठन, अध्यक्षमा भट्ट

बैतडी-मेलौली नगरपालीका–०९ काकडिमा रहेको कोल्तडा आधारभुत बिद्यालयको नया बिद्यालय ब्यवस्थापन समिति गठन गरिएको छ। मंगलबार बसेको अभिभावक भेलाले हरिदत्त भट्टको अध्यक्षतामा नया समिति गठन गरिएको शिक्षक महेश चन्दले बताए।

यसैगरि समितिको सदस्यमा बलेन्द्र बहादुर चन्द, मिना चन्द, दुरा कोली, लक्ष्मी भट्ट र हिकमत टमटा चयन हुन भएको छ। वडाबाट धना तिर्वा बिक, शिक्षक प्रतिनिधिबाट कर्ण बहादुर चन्द र सदस्य सचिवमा महेश बहादुर चन्दलाई चयन गरिएको जनाईएको छ।

साथै नया बिद्यालय ब्यस्थापन समितिले यहि फागुन १२ गतेका दिन बिद्यालयको बार्षिकोेत्सब मनाउने निणर्य पनि गरेको शिक्षक चन्दले बताए।

Leave A Reply

Your email address will not be published.