बैतडी-पञ्चेश्वर गाउँपालिका वडा नं ०३ स्थित नार्गाजुन मन्दिरको धाममा माहाशिबरात्रिको अवशर पारि दिब्यकिर्तनको आयोजना गरिएको छ। शनिबार र आईतबार भगवत्प्रेमी भक्तजनहरुको सहभागितामा दिब्यकिर्तनको आयोजना गरिएको हो।
दिब्यकिर्तन माहाशिबरात्रिको दिन बिहान ५ बजेदेखि भोलीपल्ट बिहान ८ बजेसम्म सञ्चालन हुने नागार्जुन मन्दिर क्षेत्र बिकास समिति अध्यक्ष षष्ठी बल्लभ तिवारीले बताए। कार्यक्रममा सम्पूर्ण भक्तजनहरुलाई उपस्थित भईदिन अनुरोध गरिएको छ।
दिब्यकिर्तन सञ्चालन अवधिभर बिभिन्न कार्यक्रम गरिने पनि जनाईएको छ। शनिबार बिहान ५ बजेदेखि ७ बजेसम्म च्यान्टिङ, ७ बजेदेखि ९ बजेसम्म माहामृत्युञ्जय मन्त्रजाप, ९ बजेदेखि ११ बजेसम्म नसा परित्याग सकंल्प र रुद्री पाठ, ११ बजेदेखि दिउसो २ बजेसम्म देउडा, २ बजेदेखि ५ बजेसम्म दिब्यभजन, ५ बजेदेखि बेलुका ८ बजेसम्म आरती, ७ बजेदेखि भोलीपल्ट बिहान ५ बजेसम्म भजन किर्तन र पुजा, ५ बजेदेखि ७ बजेसम्म माहामृत्युञ्जय मन्त्रजाप, ७ बजेदेखि ८ बजेसम्म शान्तिपाठ क्षमाप्रार्थना र प्रशाद बितरण र बिहान ९ बजे नार्गाजुन मन्दिर क्षेत्र बिकास समितिको समिक्षात्मक बैठक गरिने आयोजक समितिले जनाएको छ।