बैतडी-डडेल्धुराको भागेश्वर गाउपालीका–०३ नानिगाडका दिवम दयालको जन्मदिनमा शैक्षिक सामग्री बितरण गरिएको छ। भागेश्वर गाउपालिका गाउ–कार्यपालिका सदस्य समेत रहेका रमेश दायलले आफ्ना नातिको जन्मदिनमा बिहीबार शैक्षिक सामग्री बितरण गरेका हुन।
गाउपालिकाको वडा नं ३ स्थित उमामुक्तेश्वर आधारभुत बिद्यालयका करिब ९५ जना बिद्यार्थीलाई कापि र डटपेन बितरण गरेको बिद्यालयका निमित्त प्रधानाध्यापक बलिसिह साउदले बताए। बिद्यालयमा आएर शैक्षिक सामग्री बितरण गरेकोमा बिद्यालयले धन्यबाद ज्ञापन गरिएको उनले बताए।
जन्मदिनमा गरिने फजुल खर्चलाई कटाएर शैक्षिक साम्रगी बितरण गरेको कार्यपालिका सदस्य दयालले बताए। बिद्यार्थीहरुको पठन पाठनमा केहि हदसम्म भएपनि सहज होस र बिद्यार्थीको मनोबल पनि बढोस् भन्ने उदेश्यका साथ आफुले गाउपालिकाबाट पाउने सेवा सुबिधाबाट शैक्षिक सामग्री बितरण गरेको उनले बताए।
उनले आफ्नो नाति २ बर्ष पुरा गरि तेस्रो बर्षमा प्रबेश गरेको उपक्ष्यमा शैक्षिक सामग्री बितरण गरेका हुन। शैक्षिक समग्री बितरण गरेपछि बिद्यार्थीहरु खुसि भएका थिए।