जवलपुर माबि सैलोडाले जित्यो स्थानिय–तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि

बैतडी-पञ्चेश्वर गाउपालीकाले सञ्चालन गरेको स्थानियतह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जवलपुर माबी पञ्चेश्वर गाउपालिका–०४ सैलोडाले हात पारेको छ। ५ स्वर्ण, ७ रजत र ३ कास्य पदक सहित प्रथम भएको छ।

यसैगरि ४ स्वर्ण, ३ रजत र ४ कास्य पदक सहित कुलाउ माबि पञ्चेश्वर गाउपालिका–०३ ले दोस्रो स्थानमा चित्त बुझाएको छ। तेस्रो स्थानमा आएको देबथला माध्यमिक बिद्यालय पञ्चेश्वर गाउपालिका–०२ बास्कुले ४ स्वर्ण, १ रजत र १ कास्य पदक हात पारेको छ।

गाउँपालिकाको वडा नं ३ स्थित कुलाउँ माध्यमिक विद्यालयको खेल मैदानमा मंगलबारबाट सुरु भएको प्रतियोगिताको आज समापन गरिएको सहकर्मि मंगेश दयालले बताए। प्रतियोगितामा पालिका भरिका ९ बिद्यालयहरुको सहभागिता रहेको थियो।

समापन कार्यक्रमका सभाध्यक्ष पञ्चेश्वर गाउपालिका अध्यक्ष गोरख बहादुर चन्द रहनु भएको थियो। यसैगरि प्रमुख अतिथिमा खेल प्रशिक्षक हरि भण्डारी रहनु भएको थियो भने बिशिष्ट अतिथि गाउपालिका उपाध्यक्ष बिना भट्ट रहनु भएको थियो।

Leave A Reply

Your email address will not be published.