दुर्गा आधारभूत विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन, अध्यक्षमा नायक सर्वसम्मत चयन

बैतडी मेलौली नगरपालिका वडा न १ जर्कु स्थित दुर्गा आधारभुत बिधालयको ब्यबस्थापन समितिको अध्यक्षमा भास्कर सिंह नायक चुनिएका छन । आज फागुन ५ गत (शुक्रबार) बिधालयमा सम्पन्न अभिभावक भेलाबाट सर्वसम्मत चयन भएका ६ जना सदस्यहरु मध्येबाट नायक अध्यक्ष चुनिएको बिद्यालयका प्रधानाध्यापक समेत रहेका समितिका सदस्य सचिव भरत सिंह नेगीले जानकारी दिए ।
९ सदस्यीय व्यवस्थापन समितिको सदस्यहरुमा शंकर सिंह नेगी,विसन सिंह नायक,मनिषा नायक,गौरी नायक,माया नायक रहेका छ्न । यसैगरी समितिको अन्य दुई पदेन सदस्यहरुमा वडा अध्यक्ष सरद सिंह नेगी प्रतिनिधि र शिक्षक प्रतिनिधि हिकमत सिंह नेगी रहेका छन ।

Leave A Reply

Your email address will not be published.