बैतडी -पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ शैलोडामा रहेको जवलपुर माद्यमिक विद्यालयको ७ ६ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम शुक्रबार विद्यालय परिसरमा सम्पन्न भएको छ ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश बहादुर चन्दको सभाध्यक्षता मेलौली नगरपालिका बैतडीका नगरप्रमुख भीम बहादुर चन्दको प्रमुख आतिथ्यता पञ्चेश्वर गाउँपालिका का अध्यक्ष गोरख बहादुर चन्द उपाध्यक्ष विना भट्ट तथा वडा नम्बर चारका वडा अध्यक्ष जनक बहादुर चन्द तथा नेकपा माओवादी केन्द्र जिल्ला कमिटी बैतडी सचिव रमेश बहादुर चन्दको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा विद्यालयका प्रध्यानाध्यपक समशेर सिंह घोटाले १ करोड ३८ लाख ५९ हजार बराबरको वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे ।
कार्यक्रममा अभिभावक, समाजसेवी, चन्दादाता, संस्थापक, विभिन्न संघ संस्थाका प्रतिनिधि, पूर्व शिक्षक, कर्मचारी, छिमेकी विद्यालयका प्रधानाध्यापक,लगायतको उपस्थिति रहेको थियो ।
साथै सामुदायिक रेडियो मेलौली एफएम १०१.२ मेगाहर्जले उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण समेत गरेको थियो ।