डोटी- जिल्लाको केआईसिंह गाउँपालिका–१ स्थित लोलीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।
दिपायलबाट घाँटलायातर्फ जाने क्रममा सुपप्र ०१२३ ००१ च ३३२९ नम्बरको जीप दुर्घटना हुँदा घटनास्थलमै दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका इन्स्पेक्टर लक्ष्मीराज जोशीले जानकारी दिए
दुर्घटनामा चालक सोही ठाउँ बस्ने ३६ वर्षीय गोविन्द शाही, र केआइसिंह–२ जारिमभाडी बस्ने ४१ वर्षीय धनबहादुर तिरुवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका इन्स्पेक्टर जोशीले बताए ।
उनका अनुसार दुर्घटनामा परी अन्य ६ जना यात्रु घाइते भएका छन्। केआईसिंह गाउँपालिका डुम्राकोट बस्ने २७ वर्षीय तेज तिरुवा र उनकी श्रीमती २६ वर्षीया राधा तिरुवा अवस्था गम्भीर छ। दुवै जनालाई उपचारका लागि सुजङ अस्पताल राजपुर डोटी पठाइएको छ।
सोही ठाउँका समीर तिरुवा, सुरज तिरुवा, लक्ष्मी तिरुवा र मीन लुहार सामान्य उपचारपछि घर फर्किएका छन्।