महाशिवरात्रीमा जगदिश जोशीको भोलेनाथ प्रति प्रेम समर्पित :कविता

हे भोलेनाथ,
म धन्य छु
तिम्रो आगनले मेरो देह बोकेको छ
मेरो हृदयले तिम्रो प्रेम बोकेको छ
जिवन छदा तिम्रो दास बन्न पाइएको छ
मृत्यु पछी जल्न तिम्रो आगन मिलेको छ
भष्म खरानी तिम्रो चन्दन बनेको छ
हे भोलेनाथ
कलियुगमा जन्मीएर
तिम्रो स्वरुप
तिम्रो प्रेम
तिम्रो लिला
बुझ्न प्रयत्न नै नगर्ने
तिमीले प्रेम दिएर पठाएको यो देह
अर्कैको प्रेममा भट्कीएको छ
तिम्रो सुन्दरताको अर्थ नजानी
अरुकै सुन्दरतामा अल्झिएको छ,
हे भोलेनाथ
भट्कीएको मेरो देह
अल्झिएको मेरो प्रेम
प्रयोगहिन मेरा चक्षु
तिम्रो शरणमा लगाउ, तिम्रो प्रेममा लगाउ
तिमीलाइ हरेक पल चाहने यो देह
तिमीले लिएका हरेक परीक्षामा फेल हुने यो देह
तिम्रै थियो, तिम्रै हो
यहि बुझ
आफ्नो चरणमा स्थान देउ
आफ्नो दास बनाउ
मुक्तिको मार्गमा लगाउ
तिम्रै चरणमा मुक्त गर
देह जलाई भष्मलाई चन्दन बनाउ
र लगाऊ
मेरो प्रेमी भोलेनाथ
ब्रह्माण्डका नायक
तिम्रो रात्री -शिवरात्रीको
म, तिमी र तिम्रालाई शुभकामना छ

Leave A Reply

Your email address will not be published.