उदयदेव माध्यमिक विद्यालयको ६९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

बैतडी – बैतडीको पाटन–७ किम्तोली स्थित रहेको उदयदेव माध्यमिक विद्यालयले ६९ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाएको छ ।
आईतबार विद्यालय परिसरमा एक समारोहको आयोजना गरी विविध सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण, छात्रबृत्ति वितरण तथा शुभकामना सहित वार्षिक उत्सव मनाएको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ललित बहादुर चन्दको अध्यक्षता एवम् पाटन नगरपालिका नगरप्रमुख गौरी सिंह रावलको प्रमुख आतिथ्यता तथा राप्रपा नेपालका केन्द्रिय सदस्य प्रेम बहादुर चन्द,वर्तमान शिक्षक अभिभावक संघ अध्यक्ष हरी दत्त भट्ट, भुतपुर्व शिक्षक अभिभावक संघका अध्यक्ष खडक ंिसंह बोहोरा, जयराज भट्ट कैैलपाल स्वास्थ्य चौकीका प्रमुख नरेश बहादुर चन्दको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्नेबक्ताहरुले विद्यालयको प्रगतिका लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका प्रधानाध्यापक राजेन्द्र बहादुर चन्दले १ करोड ३३ लाख ३७ हजार ८ सय बरावरको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रधानाध्यापक राजेन्द्र बहादुर चन्दले विद्यालय मा चार सय विद्यार्थी रहेको तथा कक्षा १२ सम्म कक्षा सञ्चालन भईरहेको जानकारी दिए ।उनले विद्यालयले प्रत्येक वर्ष उत्कृष्ट नतिजा दिदैँ आएको बताए । भने कार्यक्रमको संचालन शिक्षक नरेश भट्टले गरेका थिए ।सो अवसरमा विद्यालयले जग्गादाता,अक्षयकोष स्थापनाकर्ता ,विभिन्न खेलकुद प्रतियोगिताका विजेता विद्यार्थीहरू,उत्कृष्ट शिक्षकहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ।

Leave A Reply

Your email address will not be published.