बैतडी-मेलौली नगरपालीका–०८ कोटिगाँउका वडा अध्यक्ष तपेन्द्र सिह बिष्टले आफ्नो वडाको मुख्य र ठुलो समस्या बिद्युत रहेको बताएका छन। रेडियो मेलौलीको समय सन्द्रर्भमा बोल्दै वडा अध्यक्ष बिष्टले आफ्नो वडाका ठुलो समस्या र तत्काल गर्नुपर्ने काम बिद्युत बिस्तार रहेको बताएका हुन।
आफ्नो वडाको ग्रामिण क्षेत्रमा बिद्युत बिस्तार गर्न सके केहि गरेको आभास हुने पनि उनले बताएका छन। यसैगरि आफ्नो वडामा ब्यवस्थित तरिकाले घरघरमा खानेपानि नभएको पनि उनले बताएका छन। सबैको पहुचमा खानेपानि पुर्याउनु पर्ने काम पनि तत्काल गर्नुपर्ने कार्य रहेको बताएका छन।
अहिले वडाले आफ्ना दैनिक कामकाजहरु भाडाको घरमा सञ्चालन गरिरहेको छ। वडाको आफ्नै भवन बनाउनको लागि मेलौली नगर सरकारले प्रदेश सरकारलाई आगामि आर्थिक बर्षमा कार्यान्वयन हुने योजनाहरुको लागि वडा कार्यालयको भवनको लागि सिफारिस गरेको वडा अध्यक्ष बिष्टले बताए।
वडाको नाममा केहि जमिन भएको र आवश्यक पर्ने थप जमिनको लागि माग गरिरहेको बताए। आगामि आर्थिक बर्षमा प्रदेशबाट वडा कार्यालय निमार्णका लागि योजना आउने र त्यसपश्चात वडा कार्यालयको भवन निमार्ण कार्य सञ्चालन हुने बताए।
निर्बाचित भएको करिब दश महिनाको समयमा थुप्रै कामहरु गर्न सकिएको समेत उनले बताए। स्वास्थ्यको नयाँ भवन निमार्ण भएको र ब्यवस्थित तरिकाले सेवा प्रवाह भईरहेको, हरडा सिम दोगडा सडक खण्डलाई स्तरोन्नति गरि चौडा पार्ने काम र वडाबाट सञ्चालिन खानेपानिका योजना कार्यान्वयन अवस्थामा रहेको जानकारी दिए।
वडा भित्रका लक्षित बर्गको लागि पनि यो बर्ष बजेट छुट्याएको छ । तर त्यो बजेटले के कस्ता काम भनेर अहिले सम्म टुङ्गो लाग्न नसकेको वडा अध्यक्ष बिष्टले बताए। लक्षित बर्गलाई सम्मान जनक तरिकाले उनिहरुको हक हितका लागि नेतृत्व बिकासका लागि कुनै न कुनै काम यहि आर्थिक बर्षमा सञ्चालन गर्ने बताए।
जनताको हक हितका लागि आफु जहल्यै पनि अग्रसर रहने समेत वडा अध्यक्ष बिष्टले रेडियो मेलौलीलाई बताए।