शिबनाथ गाउँपालिका–०६ मा आँखा शिबिर सञ्चालन हुदै

बैतडी-शिबनाथ गाउँपालिका–०६ मा आँखा शिबिर सञ्चालन हुने भएको छ। यहि फागुन १२ गतेका दिन शिबनाथ स्वास्थ्य चौकि हिरापुरमा शिबिर सञ्चालन हुने वडा अध्यक्ष भरत राम पार्किले बताए।

आखाँ सम्बन्धि समस्या भएका नागरिकहरुका लागि आखाँ चेकजाच गर्ने उदेश्यले शिबिर सञ्चलान हुने वडा अध्यक्ष पार्किले बताए। शिबिरबाट डक्टरहरुले अपरेशनको लागि सिफारिस गरेका ब्यक्तिहरुलाई यसै फागुन १३ गते डडेल्धुरा लगि निशुल्क उपचार गरिने उनले बताए।

बिरामि सगं कुरुवा जाने ब्यक्तिको खर्च भने सम्बन्धित ब्यक्तिले ब्यहोर्नुपर्ने जनाईएको छ। आखा सम्बन्धि समस्या भएका बिरामिहरुलाई शिबिरमा आई चेकजान गर्न वडा अध्यक्ष पार्किले वडा बासिलाई आग्रह गरेका छन।

Leave A Reply

Your email address will not be published.