भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन’’ सम्बन्धी अन्तरक्रिया

बैतडी-  मेलौलीमा सोमबार भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन’ विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यकक्रम सम्पन्न भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान कार्यलय महेन्द्रनगर कंचनपुरको आयोजनमा मेलौली नगरपालिकाको सभा हलमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका ईन्जिनियर आशिस पोखरेलको विशेष उपस्थितिमा अख्तियार आयोगको काम, कर्तव्य र अधिकारसगै पालिकाबाट अख्तियारमा परेका उजुरीको संख्या,कुन–कुन शीर्षकका उजुरी लगायतका तथ्यांकहरू प्रस्तुत गरिएको थियो ।भ्रष्टाचार नियन्त्रण तथा सुशासनप्रवद्र्वन गर्ने कार्यक्रममा मेलौली नगरपपालिकाका मेयर भीम बहादुर चन्द विभिन्न वडाका वडा अध्यक्ष , कार्यपालिका सदस्य विद्यायलका प्रधानाध्यपक ,विव्यसका अध्यक्ष ,शाखाका कर्मचारी र प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। साथै सहभागिहरुले आ–आफ्नो जिज्ञासा र गुनासो राख्दै अख्तियारलाई सुभावसमेत दिएका थिए ।

Leave A Reply

Your email address will not be published.