प्रधानमन्त्री रोजगार सम्बन्धि शिबनाथ–०६ मा एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

बैतडी-प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धि शिबनाथ गाउँपालिका–०६ मा एक दिने अभिमुखिकरण कार्यक्र सम्पन्न भएको छ। रोजगार सेवा केन्द्र शिबनाथ गाउँपालिकाको आयोजनामा वडा समिति र जनप्रतिनिधिहरुलाई अभिमुखिकरण दिइएको हो।

प्रधानमन्त्री रोजगारको बजेटले के कस्ता कामहरु गर्ने, आबेदन कसरि भर्न लगाउने, कस्ता ब्यक्तिलाई रोजगारमा सहभागि गराउने, प्रधानमन्त्री रोजगार सम्बनिधका मापदण्ड, बिकास निमार्णका कामहरुलाई कसरि प्रभावकारी बनाउने लगायतका बिभिन्न बिषयमा छलफल तथा जानकारी गराईएको रोजगार संयोजक लक्ष्मी दत्त जोशिले बताए।

श्रमको सम्मान, राष्ट्रको अभियान भन्ने नाराका साथ न्यूनतम रोजगार र नागरिकको अधिकार सम्बन्धि वडा समिति तथा जनप्रतिनिधिहरुका अभिमुखिकरण एब् सुचना प्रवहा कार्यक्रम सम्पन्न भएको वडा अध्यक्ष भरत राम पार्किले बताए।

Leave A Reply

Your email address will not be published.